२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी सदरमुकाममै खानेपानीको हाहाकार मच्चियो

SansherOnline SansherOnline
मङ्गलबार २१, कार्तिक २०८० ०७:५८
बैतडी सदरमुकाममै खानेपानीको हाहाकार मच्चियो

बैतडी : बैतडी जिल्ला सदरमुकाममा खानेपानी नआएपछि हाहाकार मच्चिएको छ । दसरथचन्द नगरपालिकाका ९ मा सडक निर्माण गर्दा आएको ढुंगाले पाईपमा क्षती पुगाएपछि खानेपानीको हाहाकार मच्चिएको हो । 

७ किलोमिटर टाढाँ रहेको खानेपानीको मुहान ९ नम्बरमा छ । कालोपत्रे हुनलागेको सैनखानी दे्खी जडेखान जाने सडक निर्माण गर्दा हिउँचुला भन्ने ठाउँको मेनलाईनको पाईपमा जेसिवीले फालिएको ढुंगाले लागेर मुहान नजिकक पाईपमा क्षती भएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनु भयो ।

गडी, गोठलापनी र साहिलेक बजार लगायत नगरपालिकाका वडा नम्बर ४,५,६ र ८ का गरि ११ सय घरधुरीले बृहतको पानी प्रयोग गर्ने गर्दछन् । अहिले पानी नआएको चार दिन भैसक्दा होटल व्यवसायी र उपभोक्ता सारै मारमा परेका छन् ।

सय मिटरजती पाईपमा क्षती भएको र निर्माणस्थलमा भिर भएकाले चाँडैनै मर्मत गर्न नसकिएको अध्यक्ष  पाण्डेयले बताउनु भयो । उनले भने ‘मर्मतको काममा लागिरहेका छौँ चाँडै भए तिन देखी चार दिन अझै लाग्न सक्छन्’ ।

प्रतिक्रिया