बैतडी : भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित बैतडीको सिगास गाउँपालिका -२ गाँजरीमा गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय युवाहरुको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको हो। आज कार्तिक २१ गते एक सुचना निकाल्दै स्थानीय युवाहरुले कार्तिक २५ गते देखि २७ गतेसम्म भलिबल प्रतियोगिता संचालन हुने जनाएका छन ।
कार्तिक २५ गते बिहान ०८:०० बजे भित्र टिम दर्ता गरि सक्नु पर्ने र टिम दर्ता शुल्क रु.३२००/- रहेको सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २६०००/- सहित मेडल ट्रफी र दृतिय हुने टिमलाई नगद रु १६०५०/- मेडल ट्रफी अनि द्वितीय हुने टिम लाई नगद रु.६०००/- मेडल र ट्रफी प्रदान गरिने सुचनामा उल्लेख गरिएको छ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी लाई पनि उचित पुरुष्कारको ब्यवस्था गरिएको छ।
प्रतिक्रिया