२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

तिहारको समयमा सिद्धेश्वर माविका विद्यार्थीले उत्पादन गरेको मैनबत्ती बजारमा

SansherOnline SansherOnline
मङ्गलबार २१, कार्तिक २०८० ०५:२१
तिहारको समयमा सिद्धेश्वर माविका विद्यार्थीले उत्पादन गरेको मैनबत्ती बजारमा

बैतडी : बैतडी जिल्लाको एक सामुदायिक विद्यालयका बिद्यार्थिले मैनबत्ती उत्पादन गरेर बजारमा ल्याउदै छन् । जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती मंगलबारबाट बिक्रीका लागि बजारमा आउन लागेको शिक्षक गगन धामीले बताए ।

विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
उत्पादित एक हजार ५ सय १६ प्याकेट मैनबत्ती तिहारको यो समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्रीका लागि पठाईने उनले बताए , उक्त विद्यालयले आफ्नो आर्थिक स्थिति सुधार तथा विद्यार्थीको पेशागत दक्षता हासिलका लागि प्रत्येक वर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ ।

निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न साहै्र गाह्रो भएकाले विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको थियो । अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बालउद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ ।

विसं २०१८ मा स्थापना भएको समुदायीक बिद्यालयले छात्रावाससहितको सुविधा रहेको छ ।

प्रतिक्रिया