२०८१ बैशाख ३१ गते सोमबार
ट्रेन्डिङ

डडेल्धुरा सदरमुकाममा चल्यो डोजर , मापदण्ड विपरीतका भौतिक संरचना भत्काउन सुरु

SansherOnline SansherOnline
सोमबार २०, कार्तिक २०८० ०१:४५
डडेल्धुरा सदरमुकाममा चल्यो डोजर , मापदण्ड विपरीतका भौतिक संरचना भत्काउन सुरु

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउन सुरु गरिएको छ। अमरगढी नगरपालिकाले डोजर प्रयोग गरेर आज (सोमबार) देखि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरेको हो।

डडेल्धुरा सदरमुकाममा सडक विस्तारका लागि मुआब्जा दिएर पनि घर नभत्काइएपछि नगरपालिकाले डोजर चलाएको अमरगढी नगरपालिका–५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए। बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको छ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ। तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ।

बजार क्षेत्रमा ५ मिटर चौडा रहेको सडकलाई विस्तार गरेर हाल ३० मिटर कायम गरिएको छ। सडक क्षेत्रका संरचना हटाउन वडा कार्यालय र नगरपालिकाले कार्तिक १३ गते ७ दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेका थियो।

प्रतिक्रिया