२०८१ बैशाख ३० गते आइतबार
ट्रेन्डिङ

टिकटकका प्रतिनिधिसँग सरकारको छलफल, सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको तयारी

SansherOnline SansherOnline
सोमबार २०, कार्तिक २०८० ०७:५९
टिकटकका प्रतिनिधिसँग सरकारको छलफल, सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको तयारी

काठमाण्डाै : सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ ।

जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्नका लागि आज आइतवार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको सिङ्गापुर कार्यालयका प्रतिनिधिबीच छलफल भएको हो ।

सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।

छलफलपछि त्यस्ता सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया