२०८१ बैशाख ३१ गते सोमबार
ट्रेन्डिङ

शिवनाथ गाउँपालिकाले भूकम्पपीडितका लागि एक लाख २५ हजार सहयोग गर्ने

SansherOnline SansherOnline
आइतबार १९, कार्तिक २०८० ०६:००
शिवनाथ गाउँपालिकाले भूकम्पपीडितका लागि एक लाख २५ हजार सहयोग गर्ने

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले भूकम्पपीडितलाई सवा लाख दिने भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउदले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि १ लाख २५  हजार पठाउने निर्णय भएको जानकारी दिए । 

आइतबार बसेको कार्यपालिका बैठकले राहत स्वरुप आर्थिक सहयोग गराउने निर्णय गरेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिह महताले जानकारी दिए ।  जाजरकोटलाई ७५ हजार तथा रुकुम पश्चिमलाई ५० हजार रुपैँया सहयोग उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

जाजरकोट र रुकुम पश्चिम जिल्लाको जिल्ला विपद् व्यवस्थापनलाई सो रकम उपलब्ध गराइने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।  

शुक्रबार राति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ ।

 

प्रतिक्रिया