आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि छिनोफानो सुपर ओभरबाट हुने भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन रक्षा गर्नुपर्ने थियो । अन्तिम ओभरका लागि कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेलाई बलिङको जिम्मा सुम्पिएका थिए ।
अन्तिम ओभरको पहिलो बलमा सन्दीपले एक रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ओमानका आयान खानलाई रोहितबाट क्याच गराए । तेस्रो बलमा सन्दीपले साकिल अहमेदलाई अभिनाश बोहराबाट क्याच गराए ।
चौथो बलमा ओमानले एक रन लियो । पाँचौँ बल चौका हुँदा ओमानलाई अन्तिम बलमा जितका लागि दुई रनको आवश्यकता थियो । तर, अन्तिम बलमा ओमानले दुई रनको प्रयास गरे पनि दोस्रो रनका क्रममा पायाज बट रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको हो ।
ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन बनायो ।
त्यअअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन नै बनाएको थियो ।
प्रतिक्रिया