२०८१ बैशाख ३० गते आइतबार
ट्रेन्डिङ

८ वर्षपछि सिगासकी राजमती पक्राउ, करणीमा दोषी सावित भएपछि थिइन् फरार

SansherOnline SansherOnline
आइतबार १९, कार्तिक २०८० १२:३६
८ वर्षपछि सिगासकी राजमती पक्राउ, करणीमा दोषी सावित भएपछि थिइन् फरार

बैतडी : बैतडीमा हाडनाता करणी मुद्दामा फरार एक महिला प्रतिवादी पक्राउ परेकी छिन् । शनिबार साँझ बैतडीको सिगास गाउँपालिका–३ रक्सौन बस्ने वर्ष ३० की राजमती धामीलाई प्रहरीले पक्राउ गरेको हो।  

हाडनाता करणीमा दोषी सावित भएपछि फरार ति महिला प्रतिवादीलाई ८ वर्षपछि पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडी जिल्ला अदालतले २०७३ साल असार १८ गते हाडनाता करणीमा १ वर्ष कैद फैसलापछि फरार रहेकी उनी पक्राउ परेकी हुन् । प्रहरी चौकी गाँजरीबाट खटिएको टोलीले धामीलाई उनकै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ । 

प्रतिक्रिया