२०८१ बैशाख ३१ गते सोमबार
ट्रेन्डिङ

भूकम्पका कारण बैतडीमा एक घर भत्कियो, ३ जना समान्य घाइते

SansherOnline SansherOnline
शनिबार १८, कार्तिक २०८० ११:३७
भूकम्पका कारण बैतडीमा एक घर भत्कियो, ३ जना समान्य घाइते

बैतडी :जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट बैतडीमा एक घर भत्किएको छ। 

जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ३ जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

घाइते हुनेमा कर्णबहादुर कार्की उनकी श्रीमति नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की रहेका छन ।घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको बताइएको छ । 

प्रतिक्रिया