२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

नगरस्तरीय क्रिकेट प्रतियोगितामा आज दनपा १० र ११ विजयी

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ०७:२८
नगरस्तरीय क्रिकेट प्रतियोगितामा आज दनपा १० र ११ विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । बुड्डाबाजे खेलमैदान रातामाटामा जारी प्रतियोगितामा दनपा १० र दनपा ११ ले  खेल जितेका हुन् । 

आज भएको पहिलो खेलमा दनपा ११ले दनपा ७ लाई सात विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको दनपा ७ ले १८ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो । उसका लागि वसन्त बडूले २५ रनको योगदान गरे । दनपा ११का मदन चन्द र प्रेम चन्दले समान ३÷३ विकेट लिए । 

१०६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ११ ले १०.२ ओभरमा लक्ष्य पूरा गर्यो । उसका लागि राम चन्दले नटआउट ३२ रनको योगदान गरे । उनी म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा १० ले दनपा ९ लाई ६९ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा १० ले १८.४ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । उसका लागि सुमित बुडालले ४८ रनको योगदान दिए । 

१३८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ९ ले १६.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा दनपा १० का सुमित बुडाल म्यान अफ दि म्याच घोषित भए । 

प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुने अम्पायर महेश भण्डारीले बताए । पहिलो खेल दनपा ९ र १० का बीच हुनेछ भने दोश्रो खेल दनपा १ र ८ का बीच हुनेछ । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता छ । 

यही कार्तिक २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया