२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ०२:१६
यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

काठमाण्डाै : यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।

अब नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

प्रतिक्रिया