२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सेना र प्रहरीमा जागिर खुल्यो

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ११:५१
सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डाै : नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त २ सय २९ अधिकृत पदमा  खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाण पत्र बुझाउनु पर्ने छ ।  

 

प्रतिक्रिया