२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

आज र भोलि बैतडीमा पनि २२ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० १०:०४
आज र भोलि बैतडीमा पनि २२ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

बैतडी : बैतडीमा पाँच वर्षमुनिका २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका अनुसार बैतडी जिल्लाभरि रहेका छ महिनादेखि ५९ महिनासम्मका २२ हजार ५५१ बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र खुवाइन लागिएको हो । यसैगरी १ देखि ५ वर्षसम्मका २० हजारभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बच्चाको पेटमा जुका परेपछि रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो ।

बैतडीमा यसका लागि जिल्लाभरिका ८३१ महिला स्वयमंसेविका परिचालन गरिने भएको छ । महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाइएको छ ।

नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविकासँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया