२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

रमेश विश्वकर्माको मौलिक देउडा “सिगास शिरैमा” सार्वजनिक

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ०६:४२
रमेश विश्वकर्माको मौलिक देउडा “सिगास शिरैमा” सार्वजनिक

बैतडी  : बैतडीको सिगास गाउँपालिका – ७ खेतकोट, नौलाघर जन्मथलो भइ हाल कामको सिलसिलामा सात समुन्द्र पारी आफ्नो कर्मभूमि बनाएका रमेश विश्वकर्माको पहिलो प्रस्तुति मौलिक देउडा गित “सिगास शिरैमा” सार्वजनिक भएको छ ।

खप्तड म्युजिक प्रालिको युट्युब च्यानलबाट बाट सुमधुर स्वरका धनी गायक रमेश विश्वकर्माको र गौरी भट्को आवाजमा उक्त मौलीक देउडा गित भिडियो सहित सार्वजनिक भएको हो ।

माधुबाला रेकर्डिङ स्टुडियो बागबजार काठमाडौंमा रेकर्डिङ रमेश विश्वकर्माको आफ्नै लय , शब्द, गीत र आवाज रहेको “सिगास शिरैमा” मौलिक देउडा प्रस्तुतीमा संगीत व्यवस्थापन र मिक्सिङ दिपक संगम बिसीले गर्नु भएको छ ।

उक्त गितको भिडियोमा निर्देशन सूर्यप्रकाश धामी र शिशिर ताम्राकारको रहेको छ भने ड्रोनमा रवीन्द्र बोहराले साथ दिनुभएको छ ।

“सिगास शिरैमा” बोलको मौलिक देउडा गितको भिडियोमा बीरेन्द्र विश्वकर्मा सहित साथीहरुले अभिनय गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=lJCid3ByILw

प्रतिक्रिया