बैतडी : बैतडीको सिगास गाउँपालिकाले कात्तिक २३ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम तथा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको हो ।
गाउँपालिकाले आज बिहिबार एक सूचना जारी गरेर गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम र चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कात्तिक २३ गते हुने जनाएको छ ।
स्थानीय सरकारले गरेका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा आम गाउँबासीलाई अवगत गराउने हेतुले सार्वजनिक सुनुवाई गरिन्छ । जनता, जनप्रतिनिधि तथा कर्मचारीहरु बिच दोहोरो संवाद हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सबैको उपस्थितिका लागि गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
कात्तिक २३ गते सिगास गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गर्जे बैतडीमा हुने गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम र चालु आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाभित्रका सम्पूर्ण राजनीतिक दल, शिक्षक, बुद्धिजीवि, उपभोक्ता समितिका पदाधिकारीहरु, जेष्ठ नागरिक, महिला तथा बालबालिका, संघ संस्थाहरु, पत्रकारहरु एवम् अन्य सरोकारवाला सबैको उपस्थितिका सूचना प्रकाशित गर्दै अनुरोध गरेको छ ।
प्रतिक्रिया