२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

SansherOnline SansherOnline
बिहिबार १६, कार्तिक २०८० ११:१८
बैतडीका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

बैतडीः इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका बैतडीका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ रिम घर भएका जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना रहेको बताइएको छ ।

प्रतिक्रिया