आज मिति २०८० कात्तिक १६ गते बिहीबार, ई.सं. २ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष पञ्चमी, नक्षत्र- मृगशिरा, ७ः१३ बजेपछि आद्र्रा, योग- शिव, करण- कौलव, चन्द्रराशि- मिथुन, सूर्योदय ६ः१५, सूर्यास्तः १७ः१८ ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
प्रतिक्रिया