२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीको झुलाघाट नाका साँझ सवा ६ बजे बन्द हुने

SansherOnline SansherOnline
बुधबार १५, कार्तिक २०८० ०६:२७
बैतडीको झुलाघाट नाका साँझ सवा ६ बजे बन्द हुने

बैतडी :भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय फेरिएको छ । यसअघि साँझ सवा ७ बजे बन्द हुँदै आएको नाका आज (बुधबार)देखि साँझ सवा ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 

केही महिना पहिला बसेको सीमा समन्वय समितिको बैठकले शीतकालिन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार आजदेखि सो निर्णय कार्यान्वयनमा आएको हो । नोभेम्बर १ तारिखदेखि फेब्रुअरी मसान्त सम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

ग्रीष्मकालिन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने सहमति भएको छ । सो सहमति अनुसार मार्च १ देखि अक्टुबर मसान्तसम्म सीमा बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुनेछ । 

शीतकालिन समयमा छिटै अध्याँरो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए । 

notice1698839615.jpg

प्रतिक्रिया