२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

दशरथचन्दका एक युवक पासो लगाएको अवस्थामा मृत फेला

SansherOnline SansherOnline
बुधबार १५, कार्तिक २०८० ०१:१३
दशरथचन्दका एक युवक पासो लगाएको अवस्थामा मृत फेला

बैतडी : बैतडीमा एक युवक बुधबार मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका-२ सुन्दरखालीका २३ बर्षीय चक्रराम लावड झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

बालुवा राखेको गोठमा गएर उनले ढोका लगाएर पासो लगाएको अवस्थामा फेला परेका हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया