२०८१ बैशाख ३० गते आइतबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय टि-२० पुरूष क्रिकेट प्रतियोगिता

SansherOnline SansherOnline
बुधबार १५, कार्तिक २०८० ०६:०१
दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय टि-२० पुरूष क्रिकेट प्रतियोगिता

बैतडी : दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय टि-२० पुरूष क्रिकेट प्रतियोगिता हुदैछ। बुड्डाबाजे खेलमैदान रातामाटामा हुने उद्घाटन खेलमा दनपा २ देहिमाडाैं र दनपा ३ दुर्गाभवानी भिड्नेछन्।

उद्घाटन खेलअघि एक कार्यक्रम गरि उद्घाटन गरिनेछ। दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाई उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतियोगितामा नगरभित्रका ११ वटै वडाका टाेलीकाे सहभागीता रहने छ।

सहभागी टाेलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शिर्ष स्थानमा रहने एक/एक टाेली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताकाे उपाधि भिडन्त कात्तिक २२ गते हुने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयाे।

विजेता टाेलीले २२हजार ५०० मेडल ट्रफी प्रमाणपत्र र उपविजेता टाेलीले १५ हजार मेडल ट्रफी प्रमाणपत्र पुरूस्कार पाउनेछ। यस्तै मेन अफ द सिरिजले २ हजार २५० र बेस्ट बलरले १हजार १२५,बेस्ट ब्याट्सम्यानले १हजार१२५ र उदयमान खेलाडीले १हजार १२५ मेडल ट्रफी प्रमाणपत्र पाउनेछ। प्रत्येक खेलका मेन अफ दि म्याच हुने खेलाडी लाई नगद रु ५००/- कप प्रमाणपत्र प्रदान गरिनेछ।

दशरथचन्द नगरपालिकाको पूर्व निर्धारित खेलकुद कार्यक्रम अनुसार क्रिकेट प्रतियोगिताको आयोजना गरेकाे हाे। खेल क्षेत्रलाई प्राथमिकतामा राखेकाे दनपाले यस प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमका १६ जनाकाे टाेली लाई खाजा खर्च स्वरुप मेच खेलेकाे दिन रु १५० का दरले प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया