२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा प्रहरी आफैँ छैनन् सुरक्षित,चिसो र पानीमा हतियार जोगाउन चुनौती

SansherOnline SansherOnline
मङ्गलबार १४, कार्तिक २०८० ०७:३६
बैतडीमा प्रहरी आफैँ छैनन् सुरक्षित,चिसो र पानीमा  हतियार जोगाउन चुनौती

बैतडी : बैतडीका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय भौतिक पूर्वाधार तथा सुविधाको कमीको कारण असुरक्षित बन्दै गएका छन् । प्रहरी युनिट तथा कार्यालयको अवस्था दयनीय रहेको छ।  

चुहिने छानाबाट हतियार जोगाउन गाह्रो छ, हुरी लागेपछि घरको छाना जोगाउन अप्ठ्यारो छ। पानी पुग्दैन, प्रहरी चौकीमा घेराबार छैन। आफ्नै भवन नहुँदा कतिपय प्रहरी युनिट माटोबाट बनेका जीर्ण घरमा त कोही जस्ताले बनाएका घरमा रहेकाले विभिन्न जोखिम रहेको छ । जिल्लाका बिभिन्न भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन भन्ने त्रासमा बाँच्नु परेको उक्त क्षेत्रमा कार्यरत प्रहरीहरु बताउँछन । 

जिल्लामा ३२ ओटा प्रहरीका युनिट मध्ये १३ ओटा भाडाका घरमा सञ्चालनमा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए । यस्तै १२ ओटा प्रहरीका आफ्नै भवन रहेपनि ती सबै जीर्ण अवस्थामा रहेको गिरीले बताए । भाडामा रहेका १३ युनिटले विभिन्न जटिलता तथा कठिनाइका बिच सेवा दिइरहेका छन्। हिउँदको चिसो र वर्षाको पानीमा हतियार जोगाउन प्रहरी युनिटलाई चुनौती थपिने गरेको छ।

प्रहरी नायब उपरिक्षक गिरीले भन्नुभयो, “यस्तो अवस्थामा पनि जनताको शान्ति सुरक्षामा प्रहरी प्रतिबद्ध भएर लागेको छ। कति बेला के पर्छ भन्न सकिँदैन, २४ सै घण्टा तैनाथ रहने प्रहरीलाई पूर्वाधार अभावले चुनौती दिइरहेको छ।” आफ्नै भवन नहुँदा असुरक्षित भएर काम गरिरहेको प्रहरीलाई कार्यसम्पादनमा समेत समस्या हुने गरेको भनाइ उहाँको छ।   

प्रतिक्रिया