बैतडी : जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच विस्तार गर्न सुदुर पश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बमले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
नेपाल विद्युत प्राधिकरण पुगेका प्रदेश सभा सदस्य बमले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, उपमहानिर्देशक मनोज सिग्देल र आयोजना प्रमुख बिजय सेन खड्का लाई प्रत्यक्ष भेटेर बैतडी जिल्लामा यथासिघ्र विद्युत बिस्तार गर्न ध्यानाकर्षण गराएका हुन् ।
पुर्चौडीमा भारतिय निर्माण कम्पनी सालासर र सिगासमा एपसेलुटको स्वीकृत भएर सर्बे भई निर्माणको काम अगाडि बढेको र दुई बर्ष भित्रै निर्माण सम्पन्न गर्ने सम्झौता रहेको र दुई बर्ष भित्रै बैतडी जिल्ला भर बिद्धुत बिस्तार गरि सकिने आयोजना प्रमुखले जनाएको माननीय सदस्य बमले बताइन।
बैतडीका ग्रामीण भेगहरुमा चार महिना भित्रै पोल ढुवानी गरि बिद्धुत बिस्तारको काम अघि बढ्ने आयोजना प्रमुख बिजय सेन खड्काले बताएका छन ।
प्रतिक्रिया