बैतडी: बैतडीमा आजदेखि पिपिएल–३ टी–२० क्रिकेट प्रतियोगिता शुरु भएकाे छ । पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा संचालन हुन गैरहेको प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ । आज दुई खेल हुने आयोजकले जनाएको छ ।
१७ टिमले सहभागिता जनाएको प्रतियोगितामा दशरथचन्द प्रतिस्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच खेल जारी छ ।
आयोजक पाटन क्रीकेट क्लबका अध्यक्ष किरन चन्दको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख गौरी सिह रावल रहनु भएको थियो । यसैगरी जिल्ला खेलकुद संघका अध्यक्ष चमन कुमार भण्डारी, जिल्ला क्रीकेट संघका अध्यक्ष बिनोद बहादुर चन्द, क्रीकेट संघका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया