२०८१ जेठ ०८ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीमा पिपिएल क्रिकेट १२ गतेदेखि, खेल तालिका सार्वजनिक

SansherOnline SansherOnline
शनिबार ११, कार्तिक २०८० १०:१७
बैतडीमा पिपिएल क्रिकेट १२ गतेदेखि, खेल तालिका सार्वजनिक

बैतडी : बैतडीको पाटनमा १२ गतेदेखि शुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

१७ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेलमा १२ गते दशरथचन्द प्रतिस्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । सोही दिन मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीच हुने आयोजकले सार्बजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ ।

चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताका सबै खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । । प्रथम हुने टिमले १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ । द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।
म्यान आफ द सीरिज अन्तरगत २२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछन् ।
पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

प्रतिक्रिया