बैतडी : दशैँका लागि गाउँघर गएकाहरु कर्मथलो बजार क्षेत्रमा धमाधम फर्किन थालेका छन् । दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका छन् ।
यस्तै बैतडीका बजार क्षेत्रमा पनि चहलपहल बढेको छ । दशैँको नवमी र दशमीका दिन बजार क्षेत्रमा यातायात सुनसानजस्तै भए पनि बिस्तारै गाउँ गएकाहरु फर्किने क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ ।
दशैँमा अधिकांस स्थानीयहरुको कुल देवताको पूजा हुन्छ । कुल देवताका मन्दिर गाउँमै हुने भएकाले व्यापार, व्यावसाय, रोजगारीका लागि बजार बस्नेहरु घर फर्किदा बजार क्षेत्र सुनसान बन्ने गरेको छन् ।
प्रतिक्रिया