२०८१ जेठ ०८ गते मङ्गलबार
ट्रेन्डिङ

आन्दोलनलागि बझाङबाट काठमाडौं गएका मल्ल सर मदिराले लट्ठ ,माग हो डिमान्ड हो

SansherOnline SansherOnline
शुक्रबार ०५, असोज २०८० ०५:०१
आन्दोलनलागि बझाङबाट काठमाडौं गएका मल्ल सर मदिराले लट्ठ ,माग हो डिमान्ड हो

बैतडी : शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ । आन्दोलनका लागि शिक्षकहरु काठमाण्डौं गएका छन् ।  

केही शिक्षकहरु सामाजिक सञ्चालमा भाइरल पनि भइरहेका छ । अहिले बझाङको केदारस्युँ गाँउपालिका-४ स्थित रत्न माध्यमिक विद्यालयका शिक्षक इन्द्रबहादुर मल्ल सामाजिक सञ्चालमा भाइरल छन्। आन्दोलनलागि बझाङबाट काठमाडौं गएका मल्ल मदिरामा लट्ठीएको अवस्थामा भेटिएका  हुन। 

भाइरल भिडियोमा मल्ल विद्यालय पोशाकमै छन्।  उनि भिडियोमा भन्छन् ‘शिक्षकहरूको आन्दोलन होइन,माग हो डिमान्ड हो । अनि सुर्ती माडेर मुखमा राख्छन् । कसैले घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि मल्लको परिचय खुलेको हो । 

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।  

प्रतिक्रिया