बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । १९ बर्षीया चन्द्रा बिष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा मृत फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । शुक्रबार दिउँसो एक बजेतिर उनी झुण्डिएको बताइएको छ ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट झुण्डिनुको कारण भने खुलेको छैन् । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया