बैतडी : बैतडीको पञ्चेश्वर र डिलाशैनीमा हाकिम नपुगदा कामकाजमा समस्या भयको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच स्थानीयतहमा हाकिम खटाएको थियो ।
जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नयाँ हाकिम खटाएको थियो । पाँच स्थानीयतह मध्ये सिगास, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा हाकिम हाजिर भएपनि पञ्चेश्वर गाउँपालिका र डिलाशैनीमा अझै आइपुगेका छैनन् ।
सिगास गाउँपालिकाका हाकिम कृष्ण प्रशाद घिमिरे, शिवनाथमा सुशिल कुमार साह, दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारु हाजिर भैसकेका छन् भने पञ्चेश्वर गाउँपालिकामा खटाएका उज्जल आनन्द र डिलासैनीमा रंजय पटेल अझै हाजिर नभएका जनप्रतिनिधिहरुले बताए ।
प्रतिक्रिया