२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडी : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

SansherOnline SansherOnline
बिहिबार ०४, असोज २०८० ०५:५२
बैतडी : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

बैतडी : जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझायका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझायका हुन् । 

कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव नरेन्द्रप्रसाद गैरैमाथि ड्युटीकै समयमा असोज २ गते राति आक्रमण भएको बिषयमा बैतडीका स्वास्थ्यकर्मीहरुको समेत ध्यानाकर्षण भएको बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

पटक पटक स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनुले असुरक्षा बढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । 

प्रतिक्रिया