२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

जिप्रका बैतडीको चाडबाड लक्षित सवारी व्यवस्थापनबारे छलफल

SansherOnline SansherOnline
बिहिबार ०४, असोज २०८० ०४:१४
जिप्रका बैतडीको चाडबाड लक्षित सवारी व्यवस्थापनबारे छलफल

बैतडी :जिल्ला प्रहरी कार्यालय, बैतडीले सवारी व्यवस्थापनका बारेमा यातायात व्यवसायी, चालक, सहचालक र बजार प्रतिनिधिहरुसंग छलफल गरेको छ । आउदै गरेका विभिन्न चाडबाड लक्षित सवारी सुरक्षा, व्यवस्थापन र ट्राफिक नियमका बारेमा छलफल आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरिक्षक खेमविक्रम केसीले बताउनुभयो

कार्यक्रममा जिल्ला स्थित यातायात व्यवसायी, चालक लगायतलाई सवारी व्यवस्थापन र ट्राफिक नियमका बारेमा सचेत रहन समेत आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित यातायात व्यवसायीहरुले आफुले भोकका समस्या समेत राखेका थिए ।

जिल्ला सदरमुकाम गोठलापानीमा कम्तिमा आधा घण्टा सवारी रोक्न पाउनुपर्ने यातायात व्यवसायीहरुको मागमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गीरीले भन्नुभयो, ‘गोठलापानीमा सावरी रोक्न थाले ट्राफिक जाम हुने र त्यसले पैदल यात्री तथा अन्यलाई समेत समस्या हुने भएकाले सवारी साधन बसपार्कमै रोक्नुपर्छ ।, साँघुरो ठाउँ भएकाले गोठलापानीको मुख्य बजारमा सवारी पार्कीङ गर्न सम्भव छैन ।’

यातायात व्यवसायीहरुले पनि बसपार्कमै गाडी रोक्ने तथा नम्बरमा बसपार्कबाटै गाडी छुट्ने कुरामा सहमती जनाएका छन् । सवारी चालकहरुले मुख्य राजमार्ग तथा अन्य सडमका घरपालुवा जनावरहरु जथाभावी छोड्ने समस्या भएकाले यसको समेत समाधान हुनुपर्ने माग राखेका थिए । 

कार्यक्रममा उपस्थित व्यवसायी, चालक, सहचालक लगायतलाई जिल्ला प्रहरी प्रमुख गीरीले ट्राफिक नियमको पुर्ण पालन गर्न सुझाएका छन् । 

प्रतिक्रिया