बैतडी : दोगडाकेदार गाउँपालिकाले विद्यालय बन्द नगर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला दोगडाकेदार गाउँपालिकाले बिहीबार एक विज्ञप्ती जारी गरेर गाउँपालिकाभरीका विद्यालयहरु शुक्रबारदेखि सञ्चालन गर्न आग्रह गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षकहरुले उठान गरेका जायज मागहरुप्रति गाउँपालिकाको समर्थन रहेको भएपनि विद्यालय नै बन्द गरी गरिने आन्दोलनले बालबालिकाहरुको नियमित पठनपाठनमा बाधा पर्ने आफ्ना मागहरु कानुन बमोजीम शान्तिपूर्ण रुपमा सम्बन्धित निकायमा राख्न सकिने उल्लेख गर्दै विद्यालय सञ्चालनका लागि गाउँपालिकाले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई आग्रह गरेको छ ।’’
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ मा भएका व्यवस्था विरुद्धको कार्य भएकाले यसतर्फको सबैको ध्यान जानुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।
प्रतिक्रिया