२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीका चन्द सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा निर्वाचित

SansherOnline SansherOnline
बुधबार ०३, असोज २०८० ०२:५५
बैतडीका चन्द सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा निर्वाचित

बैतडी : बैतडीको सिगास गाउँपालिका-९ घर भएका डा. राजेन्द्रवीर चन्द सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरूमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, इशा जोशी र धनसिंह विष्ट रहेका छन्। ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।

प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादीनिकट एक, नेकपा माओवादी केन्द्रनिकट दुई र नेकपा एमालेनिकट तीन तथा नेपाली कांग्रेसनिकट पाँचजना प्राध्यापक निर्वाचित भएका छन्। उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया