२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

जिल्ला कारागार बैतडीबाट चार कैदिबन्दि रिहा

SansherOnline SansherOnline
बुधबार ०३, असोज २०८० १२:५१
जिल्ला कारागार बैतडीबाट चार कैदिबन्दि रिहा

बैतडी : जिल्ला कारागार बैतडीबाट चार जना कैदीबन्दी रिहा भएका छन । विभिन्न मुद्दामा सजाय तोकि कैद भुक्तान गरिरहेकाहरु लाई संविधान दिवसको अवसर पारेर रिहा गरिएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको हो । 

जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।  

रिहा हुनेहरुमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन् ।  

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया