२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नभयपछि...

SansherOnline SansherOnline
बुधबार ०३, असोज २०८० १२:२८
गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नभयपछि...

बैतडी : दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारका स्थानीय तथा व्यापारीहरुले  फोहोर व्यवस्थापन नभयपछि सवारी साधन बन्द गरेका छ्न । गोकुलेश्वर बजारबाट संकलित फोहोर लामो समयदेखि व्यवस्थापन नभएको भन्दै स्थानीय तथा व्यापारीहरुले आज संविधान दिवसकै दिन बजारमा फोहोर फालेर सवारी साधन बन्द गरेका हुन । 

फोहोरमैलाले अस्तव्यस्त हुँदा समेत सरोकारवाला निकाय बेखबर देखिएको छ फोहोरमैलाले बजार  क्षेत्रमा दुर्गन्ध फैलिदा समेत सरोकारवाला निकाय समस्या समाधानप्रति मौन देखिएको हो । फोहोरमैला नउठाउँदा नाक छोपेर बस्नुपर्ने बाध्यता रहेको व्यापारीहरु बताउछन् दुर्गन्ध फैलिएको स्थानीयहरुले गुनासो गरेका छन् ।   

 

प्रतिक्रिया