२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडी र दार्चुलाको अवरुद्ध सञ्चार सेवा सुचारु

SansherOnline SansherOnline
मङ्गलबार ०२, असोज २०८० ०६:५९
बैतडी र दार्चुलाको अवरुद्ध सञ्चार सेवा सुचारु

बैतडी : बैतडी र दार्चुलाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध भएको सञ्चारसेवा आज दिउसोपछि सञ्चालनमा आएको हो ।

काटिएको अप्टिकल फाइबार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सुचारु भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताउनुभयो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उहाँले भन्नुभयो,“प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार साढे २ बजेपछि सेवा सुचारु भएको छ । ”

यसअघि सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम,वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियो । अब सबै काम सुरु भएको छ । 

प्रतिक्रिया