२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सुर्नयाका कृष्णको उपचारका लागि सहयोगको आग्रह

SansherOnline SansherOnline
मङ्गलबार ०२, असोज २०८० ०४:३०
सुर्नयाका कृष्णको  उपचारका लागि सहयोगको आग्रह

बैतडी : सुर्नया गाउपालिका -४ बिकुलीका कृष्णबहादुर कुँवरको उपचारमा आर्थिक समस्या भएको छ । कुवँर को विगत २ बर्ष देखि मानसिक सन्तुलन ठिक नभएको र नेपालका विभिन्न अस्पताल हरुमा उपचार गराउदा पनि ठिक न भएको र अहिले भारतको बरेलीमा उहाँको उपचार भइरहेको उनका छोरा धन बहादुर कुँवरले बताए घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको कुँवरले बताए । 

कुँवरको उपचारमा करिब आठ लाख रुपैया नेपाली लाग्ने अस्पताल स्रोतले जनाएको छ। घरको आर्थिक अवस्था कमजोर हुदा उनको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ। हाल उनको उपचारका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको छ। नेपाल तथा भारतमा आर्थिक संकलन अभियान सुरु गरिएको जनाईएको छ। हालसम्म २० हजार रुपैया सहयोग संकलन भईसकेको जनाईएको छ। 

हाल उनको उपचारका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको छ। नेपाल तथा भारतमा आर्थिक संकलन अभियान सुरु गरिएको जनाईएको छ। हालसम्म २० हजार रुपैया सहयोग संकलन भईसकेको जनाईएको छ।

सहयोग गर्न चाहनेले सेरबहादुर कुँवरको नाममा रहेको नेपाल बैंक लिमिटेड खाता नम्बर २४४०१००७३४५९७८०००००१ मोबाइल नम्बर ९८४७५७७७६५ र भारत बाट सहयोग गर्नको लागी लाल बहादौर कुँवर को गोगुल पे फोन पे नम्बर ९४९०२५९९३२ सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

आर्थिक सहयोगको लागि वडा सरकार र पालिका सरकारलाई आग्रह गरिएको छ।

 

प्रतिक्रिया