२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ शुरु

SansherOnline SansherOnline
मङ्गलबार ०२, असोज २०८० ०३:३६
जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ शुरु

बैतडी : प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । बैतडी जिल्ला सदरमुकाममा रहेको जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ।जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र बैतडीको संयुक्त आयोजनामा सप्ताह ज्ञान महायज्ञ शुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले  जानकारी दिए । 

हरेक बर्ष जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रका तर्फबाट जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्ने परम्परा अनुसार यो बर्ष पनि सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको हो  

समस्त प्राणीको कल्याण र विश्व शान्तिको कामना गर्दै शुरु गरिएको बताइएको छ । सम्पूर्ण कर्मचारीहरुको तर्फबाट जगन्नाथ मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

 

प्रतिक्रिया