२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको शिवनाथ गाउँपालिकामा हाकिम शाह हाजिर

SansherOnline SansherOnline
सोमबार ०१, असोज २०८० ०१:५१
बैतडीको शिवनाथ गाउँपालिकामा हाकिम शाह हाजिर

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार शाह हाजिर भएका छन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा उपसचिव शाह आज हाजिर भएका हुन् । 

गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँद ,उपाध्यक्ष सकुन्तला साउँद लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न ।  

कार्यालयमा हाजिर भएपछि शाहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख शाहले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । 

प्रतिक्रिया