बैतडी : बैतडीमा संविधान दिवसको अवसर पारेर हुने ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ भोलिदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको हो ।
दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय तथा सहजीकरणमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको हो । ३१ टिमको सहभागिता रहने भएको छ । दार्चुलाका २ टीम, डडेल्धुराका २ टीम र कञ्चनपुरको एक टीम दर्ता भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । यस्तै भारतको झुलाघाटको २ टीम र पिथौरागढको एक टीम पनि दर्ता भएको छ । बाँकी बैतडीका टीम रहेका अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा प्रथम हुने जोडीलाई १५ हजार,द्वितीय हुनेलाई १० र तृतीय हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिने छ । बिहान ११ बजे जगन्नाथ ब्याडमिन्टन हलमा प्रतियोगिता उद्दघाटन गरिनेछ ।
प्रतिक्रिया