बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ स्थित बिरेन्द्र माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ। विद्यालको एका पट्टी पहिरो जादा जोखिम बढेको हो ।
सोहि विद्यालयका विद्यार्थी दिपक पन्तका अनुसार अविरल बर्षाले गर्दा विद्यालको एका पट्टी पहिरो जादा सौचालय बडि जोखिममा छ । जुनै पनि बेला पहिरो जान सक्ने विद्यार्थी पन्तले बताएका छन् । प्रधानाध्यापक कैलाशकुमार कनौजियाले पहिरो जोखिममा रहेको विद्यालय डराइडराई पठनपाठन सञ्चालन गर्नुपरेको बताउनुभयो ।
कक्षा १२ सम्मको पढाइ हुने बिरेन्द्र माध्यमिक विद्यालयमा ४०० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ। यस बिषयमा स्थानीय सरकार र सम्बन्धित निकाय सरोकारवाला पक्ष सबैको यथासिघ्र ध्यानाकर्षण होस् ।
प्रतिक्रिया