२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सिगासमा पुगेनन् हाकिम, आर्थिक अख्तियारी नहुँदा कामकाज ठप्प

SansherOnline SansherOnline
शनिबार ३०, भदौ २०८० १०:२०
सिगासमा पुगेनन् हाकिम, आर्थिक अख्तियारी नहुँदा कामकाज ठप्प

बैतडी : बैतडीको सिगासमा हाकिम नपुगदा कामकाजमा समस्या भयको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नियमीत कार्य सम्पादनमा समस्या भैरहेको हो। सामान्य प्रशासन मन्त्रालय नयाँ हाकिम नपठाएको र निमित्तलाई आर्थिक अख्तियारी नहुँदा दुई महिनादेखी कामकाजमा समस्या भैरहेको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्म मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहरालाई आर्थिक अख्तियारी थियो । सामान्य प्रशासन मन्त्रालयले यहीँ भदौ ५ गते कृष्ण प्रशाद घिमिरेलाई खटाएको थियो । तर घिमिरे गाउँपालिकामा हाजिर भएका छैनन् ।

घिमिरे हाजिर नभएपनि गाउँपालिकाका आर्थिक प्रशासनसँग जोडिएका कामकाजहरु ठप्प रहेको एक कर्मचारीले बताए । कार्यालय प्रमुख नहुदा अन्य कामकाजमा पनि समस्या भइरहेका उनले बताए ।

प्रतिक्रिया