२०८१ जेठ ०५ गते शनिबार
ट्रेन्डिङ

जागिर छोडेर वडा अध्यक्षका उम्मेदवार बने माल

SansherOnline SansherOnline
सोमबार २८, चैत २०७८ ०४:४१
जागिर छोडेर वडा अध्यक्षका उम्मेदवार बने माल

आशिस माल बैतडी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदको लागि  उम्मेदवारको टुंगो लगाएको छ। वडाको सोमबार बसेको विस्तारीत बैठकले वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी वडा अध्यक्षमा नर बहादुर माल आशुको नाम अघि सारेको हो । 

त्यस्तै वडा सदस्यको लागि  राम नाथ (तुफान)लाई सर्बसम्मत उम्मेदवार बनाउने निर्णय गरेको अनेरास्ववियु क्रान्तिकारीका बैतडी जिल्ला अध्यक्ष गोबिन्द सिह मालले जानकारी दिनुभएको छ। ४ जना आकांक्षी रहेको पदमा आशुलाई उम्मेद्धार बनाउने टुंगोमा पुगेको उनले बताउनु भएको छ  ।
अध्यक्षमा उम्मेद्धारी दिएका आशु  जागरि छोडेर वडा अध्यक्ष पदका उम्मेद्धार बनेका हुन् । उनले गोकुलेश्वर कृषी तथा पशुविज्ञान कलेजको जागिर छोडेका हुन् । 

उम्मेद्धारी कार्यक्रममा बोल्दै आशुले समग्र डिलासैनी गाउँपालिकाबासीको हितमा काम गर्नको लागि आफ्नो उम्मेद्धारी परेको बताउनुभयो । दुखी र गरीब जनताको कामलाई प्राथमीकतामा राखेर काम गर्ने उहाँले बताउनुभएको छ ।

हिजोका दिनमा जनताको हक र अधिकारको लागी जहानिय राणा शासन को विरुद्ध  दश वर्षे जनयुद्ध लडिएको बताउदै उनले अब डिलाशैनीमा राणा शासन चलाउने हरुको विरुद्ध लड्नको लागि पार्टिले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए ।  जागरिबाट राजीनामा दिएर जनताको सेबक बन्न राजनीतीमा आएको उनले बताउनु भएको छ ।

 

प्रतिक्रिया