२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा राप्रपा महिला संगठनको तिज कार्यक्रम सम्पन

SansherOnline SansherOnline
शुक्रबार २९, भदौ २०८० ०७:१२
बैतडीमा राप्रपा महिला संगठनको तिज कार्यक्रम सम्पन

बैतडी : नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउँन ३ दिन बाँकी छदै बैतडीमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजना कार्यक्रम सम्पन्न भएको हो । 

आज बैतडीको गोठालापनि सदरमुकाममा दिदिबहिनीहरु कम्मर मर्काएर नान्च्दै रमाईलो गरे । शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

राप्रपा महिला संगठनका अध्यक्ष नवीना शाही चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका प्रदेश समिति सदस्य दुर्गादत्त पन्त प्रमुख अतिथी रहेका थिए । राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्ट र उपाध्यक्ष अम्बिका भण्डारी बिशिष्ट अतिथी रहेका थिए । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध नेता कार्यकर्ताका साथै अन्य नागरिकको समेत सहभागिता रहेको थियो ।  

प्रतिक्रिया