बैतडी :बैतडीकी भागरथीको ७० हजार बोकेको झोला महाकाली नदीमा खसेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार महाकालीमा खसेको हो ।
झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो ।
केही दिन अघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् ।
गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको गुनासो गरेकी छन् ।
गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भिरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताउनुभयो ।
सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन् ।
प्रतिक्रिया