२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

सिगासको अर्जुन माध्यमिक विद्यालयमा शिक्षक नियूक्तमा ढिलाई

SansherOnline SansherOnline
बुधबार २७, भदौ २०८० ०९:१८
सिगासको अर्जुन माध्यमिक विद्यालयमा शिक्षक नियूक्तमा ढिलाई

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ स्थित अर्जुन मावि, गाजरिमा करारमा शिक्षक नियूक्त हुन सकेको छैन् । कृषि प्राबिधिक शिक्षक नियूक्तमा ढिलाई भएको हो । 

भाद्र पहिलो साता कृषि प्राबिधिक शिक्षक भर्नाको लागि परिक्षा लिइएको थियो। बिव्यस अधक्ष्य,प्रधानाध्यापक,गाउँपालिका शिक्षा अधिकृत,जिल्ला शिक्षा प्रतिनिधि र दुइजना बिषय बिज्ञको टिमले गरेको प्रशिक्षक र सहायक प्रशिक्षकको पहिलो परिक्षाको नतिजा पश्चात परिक्षा समितिमा आन्तरिक विवाद सृजना भएपछि दोस्रो परिक्षाको नतिजा अहिले अन्यौल बनेको छ। 

बिव्यस अधक्ष्य गणेश सिंह धामीले . प्रअ,शिक्षा अधिकृत,जिल्ला शिक्षा प्रतिनिधि र दुइजना बिषय बिज्ञको आन्तरिक सेटिङ र परिक्षामा कैफियत देखेपछि परिक्षा स्थल छोडेको परिक्षा समितिका संयोजक बिव्यस अधक्ष्य धामीले बताए ।

परिक्षा समितिका संयोजकले परिक्षा स्थल छोडेपछि दोस्रो परिक्षाको नतिजा स्थगित गरनुपरेको सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्ट बताए ।  

यता प्राधानाध्यापक भने कुनै सेटिङ र कैफियत नभएको बताएका छन । पहिलो परिक्षामा अधक्ष्य स्वयंमले हस्ताक्षर गरि नतिजा प्रकाशन गरिएको छ । यदि तेस्तो भेटिएको भए तेतिबेलै नतिजा रोक्नु पर्ने तर यस्तो गरिएन । यो सबै झुट हो र अधक्षले सच्चिनु पर्ने बताए । 

अहिले दोस्रो परिक्षाका प्रश्न पत्र र कापी प्रहरी चौकी गाँजरीमा राखिएको छ।परिक्षार्थीहरु अन्यौलमा परिरहेका छन् यता विव्यस अधक्ष्यले परिक्षा रद्द गरिनु पर्ने माग गरिरहेका छन भने बिद्यालय प्रशासनले सबैको रहोबरमा परिक्षा गरिएकाले रद्द गर्न नसकिने बताएको छ।यसै बिषयमा बसेको विव्यस बैठक समेत निष्कर्ष बिहिन बनेको छ।

 

 

प्रतिक्रिया