२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

SansherOnline SansherOnline
मङ्गलबार २६, भदौ २०८० ०८:२६
बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

काठमाडौं : संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा पर्सि बिहीबार शोक बिदा दिने भएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिहीबार शोक बिदा दिइएको उल्लेख छ ।

नेम्वाङको अन्तिम संस्कार पर्सि बिहान ११ बजे गर्ने तय भएको छ । पर्सि राष्ट्रिय झण्डा आधा झुकाइने सहसचिव एवम् मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिदामा मुलुकभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा बिदा हुनेछ । साथै ती कार्यालयमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्रतिक्रिया