बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी हाजिर भएका छन्। प्रहरी प्रधान कार्यालयले केही दिन पहिले बैतडीको प्रहरी प्रमुखममा सरुवा गरेका डीएसपी गिरी सोमबार कार्यालयमा हाजिर भएका हुन्।
डीएसपी प्रेम बहादुर शाही को सरुवा भएपछि गिरी प्रहरी प्रमुखको रुपमा बैतडी हाजिर भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। डीएसपी गिरीलाई जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रतिनिधिहरुले स्वागत गरेका हुन् ।
गिरी भर्खर बैतडी पुगेकाले वस्तुस्थिती बुझ्ने काम भइरहेको र जिल्लामा शान्ति सुरक्षा कायम गर्न एवं अपराध न्यूनीकरण गर्न आफूले पहल गर्ने बताए।
प्रतिक्रिया