२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

खोडपेमा भोलिदेखि हुने देउडा प्रतियोगिताको तयारी पुरा

SansherOnline SansherOnline
सोमबार २५, भदौ २०८० ०८:२४
खोडपेमा भोलिदेखि हुने देउडा प्रतियोगिताको तयारी पुरा

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोडपेमा मंगलबारदेखि हुन लागेको देउडा प्रतियोगिताको तयारी पुरा भएको छ। २८ गतेसम्म चल्ने देउडा प्रतियोगिताको तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । मञ्च व्यवस्थापन देखि अन्य आन्तरिक तयारी पुरा भएको छ ।हालसम्म १० जना देउडिया कालाकारहरुले नाम दर्ता गराएका छन्। 

२६ गते बिहानसम्म नै देउडिया कलाकारहरुले नाम दर्ता गर्न पाउने छन्। स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित गौरा पर्वको अवसरमा २६ गतेदेखि २८ गतेसम्म देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको हो।

गत वर्ष महिला पुरुष देउडा प्रतियोगिता छुट्टाछुटै आयोजना गरिएकोमा यस वर्ष सयुक्त आयोजना गरिन लागिएको छ। महिला पुरुषले सहभागिता जनाउन पाउने तर छुट्टाछुट्टै नभई सयुक्त आयोजना गरिन लागिएको आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, द्वितिय पुरस्कार ७ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार ५ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार रु २ हजार नगदसहित प्रमाण प्रदान गरिने आयोजक समितिका सदस्य मोहन सिंह बिष्टले जानकारी दिए।

पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोडपे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता आयोजना गरिन लागिएको हो।

प्रतिक्रिया