२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

सिगासमा एक विद्यालयको सौचालय र खेलमैदान पहिरोको जोखिममा

SansherOnline SansherOnline
सोमबार २५, भदौ २०८० ०५:२३
सिगासमा एक विद्यालयको सौचालय र खेलमैदान पहिरोको जोखिममा

बैतडी : बैतडीमा एक विद्यालयको सौचालय र खेलमैदान पहिरोको जोखिममा परेको छ । जिल्लाको सिगास गाउँपालिका स्थित वडा नं.०१ मा रहेको पन्चोदय मा.वि. इरानाको सौचालय र खेलमैदान पहिरोको उच्च जोखिममा परेको हो । 

शनिबार रातिदेखिको अविरल बर्षाले गर्दा विद्यालको एका पट्टी पहिरो जादा जोखिम बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भान सिंह धामीले जानकारी दिए । पर्खाल भत्कीएर विद्यालयको भवन जोखिममा परेपछि समस्या भएको  उनले बताए ।

कक्षा १० सम्मको  पढाइ हुने पन्चोदय मा.वि. मा २ सय ७० जना विद्यार्थी अध्यानरत रहेका बताइएको  छ। यस बिषयमा स्थानीय वडा सरकार,सिगास गाउँपालिका र सम्बन्धित निकाय सरोकारवाला पक्ष सबैको यथासिघ्र ध्यानाकर्षण होस् ।  

 

प्रतिक्रिया