२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

तालिममा हिँडेका दार्चुलाका कर्मचारी बैतडीमा मृत भेटिए

SansherOnline SansherOnline
सोमबार २५, भदौ २०८० ०२:३३
तालिममा हिँडेका दार्चुलाका कर्मचारी बैतडीमा मृत भेटिए

 
बैतडी : दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न.२का वडा सचीव खेमराज कपाडी बैतडीमा मृत भेटिएकाछन् । शैल्यसिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र  मोटरसाइकल आज भेटिएको छ । मोटरसाइकल सडकभन्दा १सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २सय मिटर तल भेटिएको छ । 

कपाडी हिजो बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेको तरुणदल केन्द्रीय सदस्य घनश्याम भट्टले बताए । 

कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया